Logo

फिल्म ‘अनुराग’को ट्रेलर रिलिज



Spread the love

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको अभिनय रहेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सावर्जनिक भएको  छ ।सत्यराज चौलागाईंको  निर्देशनमा रहेको फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ ।असोज १२ गतेदेशभर  प्रदर्शन हुन् लागेको फिल्ममा  ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/dPkHgjLHXz8

प्रतिक्रिया दिनुहोस्