Logo

तालिवानका प्रमुख कमाण्डरसहित ४ जना मारिए



Spread the love

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुमसहित चार आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ रेजाइले बिहीबार जानकारी दिएका छन् ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धन सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै प्रायः सेना त्यहाँबाट आ– आफनो देश फर्किएका थिए ।  त्यहाँ बाँकी करिब १२ हजार संयुक्त गठबन्धनका सेनाले पनि अफगान सेनालाई सल्लाह र तालिम दिने तर युद्धभूमि गएर तालिबान र अन्य आतङ्ककारी समूहसँग युद्ध नगर्ने घोषणा गरेका थिए ।

सो घोषणापछि सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सैनिकको काँधमा आएको थियो । यद्यपि, त्यसपछि अफगान सुरक्षा अधिकारीहरुको हताहतमा बृद्धि भए तापनि तालिबान र इस्लामिक स्टेटस् आतङ्ककारी समूहमाथि हुँदै आएको कारबाहीमा यहाँ सुरक्षा अधिकारीहरुले सफलता नै प्राप्त गरेका छन् ।–एपी

प्रतिक्रिया दिनुहोस्