एसिया कप छनोट अन्तर्गतको द्रोसो खेलमा नेपाल युएई संग ७८ रनले पराजित भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
२५५ रनको लक्ष्य पाएर मैदान उत्रेको नेपाल युएईसामु निरिह बन्यो । निर्धारित ५० ओभर सकिन ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । नेपालको लागि सुबास खकुरेल ५०, दिपेन्द्र एरि ४० , पारस खड्काले १६ रन ,बसन्त रेग्मी १२ ,सोम्पाल कामिले २७ रन मा नट आउट रहे भने अरु कुनै ब्याट्समेनले दोहोरो अङ्क जोडन सकेन ।
त्यस्तै बलिङ्ग तर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्