Logo

नेता एम करुणानीधिको मृत्युको खबर सुनेर ‘आघात’ भई २४८ कार्यकर्ताको मृत्यु



Spread the love

 भारतका दीवंगत नेता करुणानिधिको दल (डीएमके) को मंगलबार बसेको साधारणसभाले आफ्नो पार्टीका नेता एम करुणानीधिको मृत्युको खबर सुनेर ‘आघात’ भई २४८ कार्यकर्ताको मृत्यु भएको बताइएको छ ।

पार्टीले प्रत्यक मृतकका परिवारलाई क्षतिपुर्ति स्वरुप २,००,००० भारु दिने घोषणा गरेको छ ।

करुणानीधिको स्वास्थ बिग्रिएको, अस्पताल भर्ना गरेको र पछि मृत्युको खबरले २४८ पार्टीका कार्यकर्ताहरुको मृत्यु भएको पार्टीको साधारण सभाको वैठकले अंगालेको संकल्प प्रस्तावमा भनिएको छ ।

मृतकहरुप्रति शोक प्रकट गर्दै डीएमकेले भनेको छः ‘यो साधारणसभा मृतकका प्रत्येक परिवारलाई २,००,००० भारु अर्थात कुल ४ करोड ९६ लाख भारु प्रदान गर्ने वाचा गर्दछ । ’ लामो समयदेखि विरामी रहेका डीएमकेका नेता एवम् करुणानीधिको अगस्ट ७ मा एक नीजि अस्पतालमा मृत्यु भएको थियो । एनडीटीभी

प्रतिक्रिया दिनुहोस्