Logo

महोत्तरीमा लागूऔषधसहित तीन पक्राउ



Spread the love

महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

भारत बिहारको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले मटिहानी नगरपालिका–७ स्थित सडकमा शङ्का लागि चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले ३५ थान नाइटोभेट ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

साँढेको आक्रमणबाट चार घाइते

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चार घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
साँढेले विगत एक सातादेखि स्थानीयको घर तोडफोड गर्नेलगायतका आतङ्क मच्चाइरहेका बेला मङ्गलबार पुनः एक स्थानीयको घरमा पसी घर भत्काउन थालेपछि स्थानीयले लखेट्न जाँदा साँढे थप आक्रमक भई चार जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्