मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमन संग ७ विकेट ले पराजित भएको छ ।
टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २२२ रन को लक्ष प्रस्तुत गरेको थियो ।
जबाफी ब्याटिङ्गमा उत्रेको ओमनले ४८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
ब्याटिंग तर्फ नेपालको लागि सागर पुन ले सर्बाधिक ८३ रन जोडे त्यस्तै सुबास खकुरेल 4,पारस खड्का 8 ,ग्यानेद्र मल्ल ४५,आरिफ सेख ३६,दिपेन्द्र एरि 9 ,रोहित पौडेल ० ,सोम्पाल कामी 5 ,करण के सि २६ ,बसन्त रेग्मी 0 र सन्दिप लामिछाने ० रन मा नट आउट रहे ।
नेपाली क्रिकेटको हतियारको रुपमा हेरिको बलिङ्ग भने आज चल्न सकेन कप्तान खड्काले १ विकेट बाहेक अरु कसैले पनि विकेट लिन सकेन ।
२ जना ब्याटस्मेनलाई नेपालले रन आउट बनाएको थियो भोलि नेपाल युएइ संग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्