Logo

च्याम्पियन बन्यो न्यु समिट कलेज



Spread the love

 

न्यु समिट कलेजको आयोजनामा भएको प्रथम त्रिभुवन विश्व विद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगितामा न्यु समिट कलेज च्याम्पियन बनेको छ ।

मंगलवार भएको फाइनल खेलमा न्यु समिटले टेक्सास कलेजलाई ४४–४० को जित निकाल्दै च्याम्पियन बनेको छ ।

पहिलो क्वाटरमा १५–११ को स्कोरमा न्यु समिटले टेक्सास सँग ४ अंकको अग्रता लिएको थियो ।

दोस्रो क्वाटरमा भने ९–९ को बराबरीमा समाप्त रोकिएको थियो । तेस्रो क्वाटरमा ११–३ ले न्यु समिटले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने टेक्सास हाबी भएको थियो । टेक्सासले न्यु समिटलाई ४ अंकले पछाडि पारेको थियो । जसमा ९–१३ स्कोर रहेको थियो ।

न्यु समिटको जितमा कप्तान सुशान्त धिमिरे र समिर तामाङले समान १४ / १४ स्कोर गरेका थिए । उपबिजेता टिमका संन्जित जंङ गुरुङले सर्वाधिक २० स्कोर गरे पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् ।

उत्कृष्ट खेलाडीको उपाधि आयोजक टिम न्यु समिटका समिर तामाङले प्राप्त गरेका छन् भने उच्चतम स्कोर कर्ताको उपाधि पनि सोही टिम कै कप्तान सुशान्त धिमिरेले प्राप्त गरेका छन् ।

सिनामंगलको क्लासिक कलेजमा भएको न्यु समिट कपमा प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको पुरस्कार बापतको ५० हजार जापानीज मूलका नेपाली नागरिक ताकासी मिहाराले प्रायोजन गरेका थिए । प्रतियोगितालाई मर्सी एजुकेशनप्रालीले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा टि.भि. पार्टनर सगरमाथा टेलिभिजन र अनलाइन मिडिया पार्टनर सल्लेरी खबर रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्