Logo

राजधानीबाट ६२ हजार अबैध अमेरिकी डलर सहित दुईजना पक्राउ



Spread the love

काठमाडौंको लैनचौरस्थित खानी तथा भू–गर्भ विभागको कार्यालय नजिकैबाट करिब ६२ हजार अबैध अमेरिकी डलर बोकेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


नेपाली रुपैयाँ करिब ७० लाख मूल्य बराबरको अवैध डलर बोकेका दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिएका छन् ।

यसरि पक्राउ पर्नेहरुमा धरान स्थायी घर भएर काठमाडौंको गोंगबु बस्दै आएका अमर विश्वकर्मा र रुकुम स्थायी घर भई गोँगबु बस्ने धनबहादुर खड्का रहेका छन् । उनीहरु यसअघि सुनको कारोबारमा समेत संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्