Logo

राजमार्ग अबरुद्द हुँदा यात्रुलाई समस्या, राज्यलाई ८० करोडभन्दा बढी राजश्व घाटा



Spread the love

धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा गए राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ ।

विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र मानिसको आवतजावतका लागि सुरक्षित ठाउँबाट पैदलमार्ग खोलिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

गत १ गतेदेखि बन्द भएको राजमार्गबाट सामान ढुवानी नहुँदा ८० करोडभन्दा बढी राजश्व घाटा परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सडक कार्यालयले भने कामदार नलगाई आफ्ना नियमित मजदूर स्काभेटरबाट मात्र काम अगाडि बढाउँदा सडक सञ्चालन गर्न ढिलाइ भएको स्थानीयवासीले बताएका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपालीसेना कालीजङ्ग गणले पैदलमार्गमा आवतजावत सहज पार्न पैदल बाटो सुधार गरी रहेको उक्त गणले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्