Logo

श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता



Spread the love

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका श्रीमानश्रीमतीलाई खोलाले बगाएको छ । श्रीमानको शव भेटिएको छ भने श्रीमती अझै वेपत्ता छन् ।

सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका-५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट खोजी सुरु गरिएको हो ।
खोजीका क्रममा उनकी छोरीले खोला एक छेउमा आमाले लगाएको चप्पल भेटाएपछि गाउँलेलाई खबर गरेकी थिएन । लगत्तै खोजीकार्य सुरु गरिएको थियो खोजि गर्दै जाँदा गैरीखोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको शव फेला परेको हो ।

घटनास्थलमा पुगेका लिखु तामाकोसी गाउँपालिका-५ का वडाअध्यक्ष सोमबहादुर तामाङका अनुसार सिँहबहादुरको शव खोलामा गाडिएको अवस्थामा भेटिएको छ । उनकी श्रीमतीको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्