प्रथम त्रिभुवन विश्व विद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगितामा आयोजक टिम न्यु समिट र टेक्सास कलेज फाईनलमा प्रवेश गरेका छन् ।
आज सोमबार भएको पहिलो सेमिफाईनल खेलमा न्यु समिट कलेजले पाटन बहुमुखी क्याम्पसलाई ४२-३१ को स्कोरमा हराउँदै फाइनलमा जान सफल भएको छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा टेक्सास र बर्नहार्ट कलेज ४३-४३ को बराबरी भएको थियो । थप गरिएको समयमा टेक्सासले ७ र बर्नहार्टले ५ स्कोर गरेका थिए । २ स्कोर अगाडि हुँदै टेक्सास फाइनलमा पुगेको छ ।
भोलि मंगलबार न्यु समिट र टेक्सास बिच फाइनल खेल हुँदैछ ।
यस खेलमा सल्लेरी खबर मिडिया पार्टनर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्