Logo

नैतिकताभन्दा पैसा ठूलो : यसरी धोका दिँदैछ ला लिगाले



Spread the love

यो सिजन ला लिगाको एक खेल अमेरिकामा खेलाउने निर्णयबारे मात्र एउटा कुरा राम्रो भन्न सकिन्छ – शक्तिका दलालहरुले उनीहरु खेलाडी वा साना क्लब र उनीहरुको समर्थकको स्वार्थलाई वास्ता गर्दैनन् भन्ने खुलेर भन्न थालेका छन् ।

यो कुरा रेलेभेन्ट स्पोर्टका कार्यकारी अध्यक्ष चार्ली स्टिलिटानोले इएसपीएनसँगको अन्तरवार्तामा गरेको सनसनीपूर्ण खुलासाबाट स्पष्ट भएको छ । यो कम्पनीले प्रिमिएरा डिभिजनको नियामक निकायसँग १५ वर्षको करार गरेको छ ।

के मायामीमा खेलाइने भनिएको ला लिगाको उक्त खेलमा रियल म्याड्रिड वा बार्सिलोनामध्ये एक हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अवश्य पनि हामी चर्चित टोली चाहन्छौँ ।’

‘आजभन्दा दुई–तीन वर्षपछि भएको भए कुनै पनि टोली भए पनि फरक पर्दैन थियो । तर, आज हामीले शीर्ष ६ मध्ये कुनै टोली मध्ये एकलाई खेलाउनुपर्छ,’ उनले भने ।

हुन पनि बेटिस, रियल सोसिडाड, एथ्लेटिक बिल्बाओ वा भिल्लेरियालबारे कसलाई मतलब होला र ? रेलेभेन्ट स्पोर्ट र ला लिगालाई पक्कै छैन ।

धेरैले बेटिस बिरुद्ध बार्सिलोनाको खेल फ्लोरिडामा सारिने अनुमान गरेका छन् । यसले बेटिका ५० हजार टिकटहोल्डर समर्थकहरुले लियोनेल मेस्सी र उनको टोलीलाई घरेलु मैदानमा हेर्न पाउने छैन । यसबारे उनीहरुलाई पूर्व जानकारी दिइएको पनि थिएन ।

यसले बेटिसलाई थप घटा पुर्याउने छ किनभने डिफेन्डिङ च्याम्पियनबिरुद्ध उनीहरुले घरेलु समर्थक बिना विदेशी भूमिमा खेल्नुपर्ने हुन्छ । जहाँ अवश्य पनि बार्सिलोनाका समर्थकहरु बढी हुनेछन् ।

यसबाट बेटिसलाई पनि आर्थिकरुपमा बेटिसलाई पनि फाइदा हुने बताइएको छ तर यसबारे थप जानकारी दिइएको छैन । तर, यसमा के पक्का हो भने बार्सा र रियलभन्दा अन्य टोलीलाई कम फाइदा हुनेछ ।
स्टिलिटानो भने यो कुरा पैसाबारे मात्र नभएको बताउँछन् ।

‘हामीसँग टिभी राइट, खेल र स्पोन्सर राइट रहेका छन् । हामीले लिगका लागि धेरै कुरा गरिरहेका छौँ र यसलाई ब्रान्डको रुपमा विकास गरेर लिगका लागि थप रकम ल्याउन सक्छौँ,’ उनले भने ।
‘तर यो खेलमा भने धेरै पैसा हुनेछैन । यो ब्राण्ड विकास र प्रबद्र्धनको लागि हुनेछ ।’

ला लिगाका अध्यक्षले पनि यो नयाँ बजार खोल्न विज्ञापनबाहेक अन्य केही नभएको बताए ।

‘हाम्रो ब्रान्ड विकासका लागि महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘एनबीए र एनएफएलले आफ्नो देशबाहिर खेल खेलाउन सक्छ भने ला लिगाले किन गर्न सक्दैन ।’

किन त्यहाँ रोकिने ? यदी एनबीए र एनएफएलले थप पैसा कमाउन क्लबलाई एक शहरबाट अर्को शहर सार्न सक्छ भने ला लिगाले किन गर्न सक्दैन ? आखिर यो त व्यवसाय हो अन्ततः ।

ला लिगा र रेलेभेन्ट स्पोर्टले फ्यानहरुलाई बिर्सेको भनेको छैन । सानो क्लबको घरेलु मैदानमा खेलिने खेललाई बाहिर लगिएपछि उनीहरुको फ्यान र क्लबलाई क्षतिपूर्ति दिइने बताइए पनि यो कसरी गर्ने भन्ने खाका भने बनेको छैन ।

‘अमेरिकामा हुने खेल सम्भवतः सानो टोलीको घरेलु मैदानमा खेलिने खेललाई लगिनेछ,’ उनले पुष्टि गरे, ‘हामी फ्यानहरुलाई क्षतिपूर्ति दिनका लागि योजना तर्जुमा गर्दैछौँ । तर, त्यो निर्णय भइसकेको छैन ।’
‘खेलाडी र खेललाई ध्यानमा राख्दै यो खेलको बीचमा कप खेल पनि हुने छैन ।’

ला लिगा र रेलेभेन्ट स्पोर्टले यति आश्वासन दिइरहँदा यसबारे सफलता भने उनीहरुलाई हात लाग्न सकेको छैन । स्पेनिस एशोसिएसन अफ फुटबलर्स (एएफइ)ले बुधबार अमेरिकामा हुने खेलबिरुद्ध हडतालमा पनि जाने घोषणा गरिसकेका छन् ।

‘खेलाडीहरु आक्रोशित छन्, आश्चर्यचकित छन् र सबै यसको विरुद्ध छन्,’ एएफई अध्यक्ष डेभिड आग्नाजोले भने, ‘खेलाडीहरु विदेशमा गएर खेल्न चाहँदैनन् ।’

स्रोत एजेन्सी

प्रतिक्रिया दिनुहोस्