बलात्कारका घटनाले यति बेला नेपाली समाजलाई संशंकित
बनाएको छ ।
एउटा घटना सेलाउन नपाउदै पुन अर्को घटना दोहोरिरहेको छ ।
यसको पछिल्लो उदाहरण बनेको छ राजधानी काठमाण्डौ राजधानीको तारकेश्वर नगरपालिका -११ नेपालटारमा रहेको एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
बाजुरा जिल्ला बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहराले शौचालय गएको बखत जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
‘साजनलाई शनिवार साँझ नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेकाको ।’महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए ।
बोहोरा शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका थिए उनि बेला–बेला उक्त खाजा घरमा जाने गरेको र बालिका संग सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्