Logo

क्यारेबियन प्रिमियर लिगमा इर्फानले इतिहास रचे



Spread the love

क्यारेबियन प्रिमियर लिग क्रिकेट अन्तरगत आज बिहान भएको खेल मा पाकिस्तानी बलर मोहम्मद इर्फानले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा कम रन दिने इतिहास रचेका छन्  ।

उनले यो इतिहास नेपालि बलर सन्दीप लामिछाने आबद्द भएका टिम सेन्ट किट्स एण्ड नेभिस प्याटि्रयोसविरुद्ध बनाएका हुन्  ।
इनिङको पहिलो ओभरको पहिलो बलमानै क्रिस गेललाई आउट गरेका उनले आफ्नो दोस्रो ओभरको चौथो बलमा लेविसलाई आउट बनाए ।

पहिलो, दोस्रो र तेस्रो ओभर नै मेडन गरेका उनले चौथो ओभरको अन्तिम बलमा भने एक रन खर्चिन पुगे । आउट साइड अफमा फालेको अन्तिम सट बलमा किङले मिड विकेटमा खेल्दै एक रन निकालेका थिए ।

इर्फानको किफायती बलिङका बाबजुद पनि बार्बाडसले हार टार्न सकेन सेन्ट किट्स एण्ड नेभिस प्याटि्रयोस विरुद्ध ६ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको बार्बाडसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको प्याटि्रयोसले १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको थियो । क्यारेबियन प्रिमियर लिगमा बार्बाडस अंक तालिकाको पाँचौ स्थानमा छ भने प्याटि्रयोस दोस्रो स्थानमा रहेको छ ।
उक्त खेलमा नेपालि बलर सन्दीप लामिछाने ले भने कुनै विकेट लिन सकेन यस भन्दा अघिका खेलामा उत्कृष्ठ प्रदर्शन गरेका लामिछानेले आफ्नो अन्तिम खेलमा भने चुके  ।

प्रतिक्रिया दिनुहोस्