कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकाका दोषीलाई उम्काउन खोजेको भन्दै चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा कञ्चनपुर भीमदत्त नगरपालिकाका १३ वर्षीय किशोर भट्टको मृत्यु भएको छ । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का रहेका छन् ।
करिब ८ राउण्ड भन्दा बढी फायर गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बालिका निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्