
यातायात व्यवस्था कार्यालय राप्तीको निर्णय अटेरी गर्दै अटो चालकहरुले अटोको भाडा एक किलो मिटरमै ५० रुपैया भन्दा बढि लिदै आएका छन् । जिल्लामा सञ्चालन हुने अटो रिक्साको भाडा प्रति दुइ किलो मिटर बराबर २० रुपैया कायम गरिएको थियो । तर, त्यो भाडा दर जिल्लामा सञ्चालन हुने कुनै पनि अटोले पालन गर्ने गरेका छैनन् ।
दाङको तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुर लगायतका क्षेत्रका अटो चालकले तोकिएको भन्दा बढि भाडा लिने गरेका हुन । यसको प्रत्यक्ष सिकार यात्रुलाई परेको छ । जिल्लामा पछिल्लो समय थुप्रै अटो सञ्चालन भएपनि अटो चालकहरुको मनपरी भाडादरले यात्राुहरुले वाध्यात्मक सवारि गर्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्