न्यू समिट कलेजद्वारा आयोजना गरिएको प्रथम सी.एस.आईटि बास्केटबल प्रतियोगिता आजबाट क्लासिक इन्टरनेशनल कलेज, सिनामंगलमा सुरु भएको छ ।
प्रतियोगिताको उधघाट्न गर्दै एमाले नेता तथा संसद योगेश भट्टराईले “खेलकुदमा आफ्नो सदाबहार सहयोग रहने बताए साथै उनले खेल क्षेत्रबाट बिभिन्न कलेज बीचको सम्बन्ध सुमधुर रहने पनि उल्लेख गरे” ।
आज अर्थात खेलको पहिलो दिनमा उपत्यकाका ६ वटा कलेजबीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक टिम न्यु समिट कलेजले सेन्ट लरेञ्ज कलेजलाई ६५-४७ को फराकिलो अन्तरले हराउदै विजय सुरुवात गरेको छ ।
त्यस्तै द्रोसो खेलमा सगरमाथा कलेज अफ साइन्स टेक्नोलोजी कलेजले पाटन बहुमुखी क्याम्पसलाई २७-२२ अंकले पराजित गरेको थियो भने आज भएको अन्तिम खेलमा टेक्सास कलेजले पनि जित दर्ता गरेको छ उसले एकेडेमिया कलेजलाई ३४-२८ अंकले पराजित गरेको थियो ।
प्रतियोगीतामा प्रथम हुनेले ३० हजार नगद ,मेडल र प्रमाणपत्र पाउने छ भने द्दितीय हुनेले २० हजार नगद , मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगीताको मुख्य प्रायोजक मर्सी एजुकेशनले गरेको हो । प्रतोयोगीता आगामी भदौ १२ गते सम्म चल्ने आयोजक टिमका संयोजक बिकास अर्यालले जानकारी दिए