नेपाली कांग्रेसका नेता रमेश लेखकले न्याय माग्दा सरकारले जनतालाई गोलि हानेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले सरकारको तीब्र आलोचना गर्दै यस्तो भने “कंचनपुरको भीम दत्त नगरपालिकाकी १३ वर्षीया बालिकाको बलात्कारी र हत्यारा जोगाऊन नक्कली मानिस तयार गरियो। न्याय माग्ने जनतालाई गोली हानिएको छ। सरकारको यो क्रुर, जघन्य र बर्बरतापूर्ण अपराधिक कार्यको घोर भर्त्सना गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै सरकारलाई यस्ता अमानवीय, क्रुर, आपराधिक र दमनकारी कार्य बन्द गर्न, तत्काल वास्तविक अपराधी पत्ता लगाऊन र जनतामाथी गरिएको दमनकारी घटनाको न्यायिक छानविन गर्न माँग गर्दछु “।
असली अपराधिलाई कारबाहीको माग गदै सुरु भएको पर्दशन उग्रबन्दै गएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्