लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो ।
भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् ।
अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । यसअघि मुद्राको अङ्कका तीन वटा शून्य निकाल्ने घोषणा पनि गरिएको थियो ।
जब त्यसले पनि काम नगर्ने देखियो हाल अधिकारीहरुले थप दुई अङ्कलाई हटाउने भएका छन् । अब भेनेजुयलाको नयाँ मुद्राबाट पाँच शून्य हट्दैछ ।
यी सतही रणनीति देखेपछि धेरै भेनेजुयलालीमा तत्कालै कुनै समाधान ननिक्लने आशंका पैदा भएको छ । यस्तै संशय युस्मार नोवाकमा पनि देखिन्छ । राजधानी काराकासमा कफि पसल खोलेर बसेका नोवाकलाई अब सरकारले एक कप कफीको मूल्य पनि घटाउन नसक्ने लाग्न थालेको छ । हाल त्यहाँ एक कप कफीको २० लाख बोलिभार पर्छ ।
भेनेजुयलाको मुद्रास्फीति पीडित मुद्रा बोलिभारबाट शून्य कटौती गर्ने विकल्प राष्ट्रपति निकोलस मदुरोको आफ्नो देशको डुब्दो अर्थतन्त्रलाई उकास्र्ने प्रयासमा अघि ल्याएका आर्थिक परिवर्तनहरुको सूचीको एक प्रमुख रणनीति हो ।
आइएमएफले भेनेजुयलाले भोगेको पाँच अङ्कको विशाल मुद्रास्फितिको तुलना जिम्बाबे र पहिलो विश्वयुद्ध पछि जर्मनीले भोगेको अतिमुद्रास्फितिसँग गरेको छ ।
नयाँ छापिएको मुद्रालाई ‘सार्वभौम बोलिभार’ भनिनेछ र यो सोमबारबाट बजारमा लगिँदैछ ।
यस अतिरिक्त राष्ट्रपति मदुरोले केही चालकहरुको लागि ग्यासको मूल्य बृद्धि गर्दैछन् । उनले मुद्रा नियन्त्रणमा केही खुकुलोपन ल्याउँदैछन् । विगतमा मुद्रामा गरिएको कडाईले भेनेजुयाबासीलाई डलर पाउन कठिन भएको थियो ।
यथपि अर्थशास्त्रीहरुलाई भने यी परिवर्तनले चित्त बुझाउन सकेको छैन । उनीहरुले पछिल्लो कदमलाई राष्ट्रपतिको समास्या समाधान प्रतिको व्यग्रता त माने तर उनीहरुले नयाँ मुद्रालाई दशकौको अव्यवस्थाको नयाँ अध्याय मात्र भएको बताएका छन् ।
“अहिले भइरहेको कुराहरु विशेष जुन शून्यको सन्दर्भ छ त्यो साजसज्जा मात्र हो, सतही कुरा” जोन हप्किन विश्वविद्यालयका अर्थशास्त्रका प्रद्यापक स्टीभ ह्याङ्कले भने ,“ आर्थिक नीति नबदलेसम्म कुनै सुधार आउनेवाला छैन ।”
नयाँ मुद्रामा एक कप कफीलाई २० सार्भभौम बोलिभार पर्छ । तर धेरैले यो मूल्य पनि लामो समय स्थीर रहनेमा शंका गरेका छन् ।
भेनेजुयला सरकार विदेशी ऋण तिर्न आफ्नो सरकारी तेल कम्पनीबाट भएको विक्रीमा निर्भर छ । तर अव्यवस्थाको कारण हाल त्यहाँको उत्पादन जुलाईमा दैनिक १२ लाख ब्यारेलमा झरेका छ, जुन सन् १९४७ को मासिक उत्पादन भएको बराबर हो ।
अभाब निम्तिएपछि सरकारले केन्द्रिय बैंकबाट मुद्रा छपाएर यस समास्यालाई समाधान गर्न खोज्यो ।
हुनत यसले अल्पकालिन समयको लागि सरकारी ऋण तिर्न सहयोग ग¥यो, तर अन्तत यसले बोलिभार बाहकहरुलाई असर ग¥यो । किनकी अतिरिक्त छापिएको नगदले विद्यमान मुद्रालाई मूल्यहीन बनाउदै लग्यो ।
भेनेन्जुयाली सरकारले मुद्रास्फिति अमेरिकाले र सरकार विरोधी व्यापारीले चलाएको ‘आर्थिक युद्ध’ ले निम्तिएको बताएको छ ।
तर अर्थशास्त्रीहरुले भेनेजुयलाले साँच्चै हालको मुद्रास्फिति रोक्ने हो भने नगद छाप्न रोक्नु पर्ने सुझाएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयका अर्थशास्त्री ह्याङ्कले हाल भेनेजुयलाले चालेको विकल्पले समस्या समाधान नगर्ने बताउन यस्तै विकल्प रोजेको युगोस्लाभियाको स्मरण गरे । युगोस्लाभियाले मुद्रास्फितिको समस्या समाधान गर्नको लागि सन् १९९० मा मुद्रा परिवर्तन ग¥यो ।
त्यो बेला उनीहरुले आफ्नो मुद्राहरुबाट चार शून्य हटाए । त्यसको दुई वर्षपछि अर्को शून्य हटाए । अक्टोबर १९९३ मा ६ वटा शून्य हटाउने निर्णय गरियो । त्यही वर्षको डिसेम्बरमा फेरी ९ शून्य हटाए र अर्को वर्ष ७ शून्यहरु हटाए । “यो असम्भव अवस्था हो ,” ह्याङ्कले भने ।
एजेन्सी