हेर्दा निकै रमाईलो लाग्ने रोमान्टिक कमेडी शैलीमा तयार भएको गीत ‘दन्ते मोहनी‘ बोलको भिडियो कसरी निर्माण भयो होला ? यो सबैलाई जिज्ञासा हुन सक्छ ।यहि जिज्ञासा मेटाउन हालैमा गीतको सुटिङ बेलाको भिडियो सार्वजनिक गरिएको छ ।अहिले ‘दन्ते मोहनी‘ गीतको भिडियो युट्युब ट्रेन्डिङमा रहेको छ ।खासगरी ‘दन्ते मोहनी‘ बोलको गीत निकै हिट भइरहेको छ ।गीतमा छायांकनको क्रममा निकै रमाईला दृश्यहरु कैद गरिएको छ ।
१४ मिनेट लामो भिडियोमा सुटिङका सबै दृश्यहरु समावेश गरिएको छ । ‘दन्ते मोहनी‘ बोलको गीत हिट भएपछि सुटिङको भिडियो सार्वजनिक भएको छ। कार्टुन्ज क्रुले फिचरिङ गरेको गीत ‘दन्ते मोहनी‘ले दर्शकको राम्रो प्रतिकृया पाएको छ ।
यो समाचार तयार पार्दा सम्म भिडियोलाई १८ लाख ४३ हजार भन्दा बढी पटक हेरिएको छ ।दर्जन बढि गीतमा अभिनय गरिसकेको कार्टुन्ज क्रुले गरेका सबै गीतहरु युटूबको मिलियन क्लबमा प्रवेश गर्ने गरेका छन् ।
‘दन्ते मोहनी‘ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक कमेडी शैलीमा प्र्स्तुत गरेका छन।
यस गीतमा सचिन फुयालको स्वर रहेको छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज , राम र सुबिनको कोरियोग्राफी रहेको छ ।भिडियोलाई सुपृम पराजुलिले सम्पादन गरेका छन ।भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।
यस गितको यरेन्ज बालकृष्ण सेवाचार्यले गरेका हुन्। श्री थापा मगरको शब्द/संगीत रहेको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो ।
भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी , विकास राई , पेम्बा मगर र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।
हेर्नुहोस् गीत सुटिङको भिडियो:
https://youtu.be/rLDy2xxpFeE
1.‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘दन्ते मोहनी ‘ सार्वजनिक (भिडियो)