Logo

नेपालले भारतको जमिन कब्जा गरेको भारतीय मिडियाको दाबी



Spread the love

‘नेपालले भारतको सात हजार एक सय एकड जमिन कब्जा गरेर मानिसलाई बाँड्ने तयारी गरिरहेको छ’ यो यस्तो एक भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय समाचार माध्यम भास्कर दैनिकले नेपालले बिहारको पश्चिमी चम्पारण जिल्लाको लगभग सात हजार एक सय एकड जमिनमा कब्जा जमाएको दाबी गरेको छ । ‘वाल्मिकिनगरमा सुस्ता, वाल्मिकी टाइगर रिजर्भको जंलग र गोवर्धनामा शिवालिक रेन्जको पहाडसहित थुप्रै इलाका छ जहाँ कब्जा बढिरहेको छ, ’ यसमा भनिएको छ ।

भास्करले उक्त इलाकाका डिएफओ गौरव ओझाको भनाई उद्धृत गर्दै लेखेको छ, ‘जमिनमा अतिक्रमण भएको छ ।  यो स्थितीको फाइदा उठाएर दोहोरो नागरिकताको लाभ लिइरहेका छन् । जंगलबाट करोडौं मूल्यको रुख काटिएका छन् ।’

भन्यो, सबैभन्दा प्रभावित सुस्ताः

‘अब त नेपालको त्रिवेणी थाना पनि सुस्तामा परिसकेको छ । अस्पताल, स्कूल, सडकसमेत बनाइदिएका छौं ।’ समाचारमा भनिएको छ ।‘ भिटिआर जंगल र गोवर्धनामा शिवालिक रेन्जको पहाड पनि थिए जुन अहिले नेपालले दाबी गरिरहेको छ । आज पनि सुस्तामा बस्ने ९५ प्रतिशत मानिस भारतीय छन् ।’

नेपालले लगातार अतिक्रमण गर्दा पनि भारत सरकारले कुनै कदम नउठाएको समाचारमा उल्लेख गरिएको छ । ‘सन् २००५ मा जुन सन्धी भएको थियो, त्यसमा भारत सरकार नेपालप्रति नरम भएको छ । स्थानीय स्तरमा विवादको विषयमा सन् २००६ र २००७ मा थुप्रै सम्झौता भए । वर्षमा एक दुईपटक दुबै देशको सीमावर्ती जिल्लाका अभिकारी बैठक बस्छा् तर निष्कर्ष निस्कँदैन ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्