Logo

प्रकाण्डलाई रिहा गर्न आदेश दिए लगत्तै अर्को आरोपमा पक्राउ



Spread the love

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई   पुनः अर्को आरोप लागेको छ ।

सर्वोच्च अदालतले  रिहा गर्न आदेश दिए लगत्तै  प्रकाण्ड’ लाई   केही समय अघि काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको आरोप लगाइएको छ।

छोरा नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय चोलेन्द्र समशेर जवारा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो।

प्रकाण्डलाई जबरजस्ती चन्दा उठाएको भन्दै साउन २२ गते प्रकाण्ड सहित तीन जना कम्युनिष्ट पार्टी माओवादीका नेतालाई प्रहरिले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्