रौतहटका अधिकृत १४ हजार घुस रकमसहित पक्राउ परेका छन् । नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल घुस लिदै गर्दा रंगे हात पक्राउ परेका हुन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदै गर्दा उनकै कार्यकक्षबाटै पक्राउ गरेको हो ।
अधिकृत धिरेन्द्रलाई आवाश्यक कारवाहीका लागि हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालय पठाइएको अख्तियारका बेनीमाधव पौडेलले जानकारी दिए ।
अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्