Logo

स्थानीय तहमा ‘रोजगार सूचना केन्द्र’



Spread the love

सरकारले ७ सय ५३ वटै स्थानीय तहमा  रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । मन्त्री विष्टले रोजगारीको अवसर नपाएका गरिव समुदायलाई पनि न्यूनतम १०० दिन रोजगारीको अवसर सृजना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्