Logo

कालिकोटमा बम बिस्फोट ,२ जना पक्राउ



Spread the love

कालीकोटको  खाँडाचक्र नगरपालिका-१ कोटदरबारमा रहेको जिल्ला नापी कार्यालय र मालपोत कार्यालय, अज्ञात समूहले बम बिस्फोट गराएको छ ।

आज  दिउँसो करिब २ बजे तीनजनाको संख्यामा आएका अपरिचित ब्यक्तिले सँगै रहेका मालपोत र नापी कार्यालयको भित्तामा बम बिस्फोट गराएर भागेका थिए ।

बिस्फोट भएकोआधा घण्टा पछि प्रहरी घटनास्थल पुगेको थियो । बिस्फोटले नापी कार्यालयको पछाडि पट्टीको भित्तामा क्षती पुगेको छ ।

विप्लव नेतृत्को नेकपाका कार्यकर्ताले बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेएको छ । त्यस्तै प्रहरीले बम बिष्फोट गराएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा कालीकोट जिल्ला शान्नी त्रिबेणी गाउँपालिका-८ मुम्राका ३० वर्षे काशी दर्जी र नरहरीनाथ गाउँपालिका कोटबाडाका अनीपाल बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्