नेपाली गित संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायक मणिराज काफ्लेको नयाँ लोकदोहोरी ‘गैरी खेत’ बोलको लोक गित सार्वजनिक भएको छ। नेपाली लोक संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय काफ्लेका थुप्रै सिर्जनाहरु बजारमा सार्वजनिक भैइसकेका छन्।गीतमा मणिराज काफ्लेको सुमधुर स्वर रहेको छ भने शब्द नबराज ढकालको रहेको छ। गितमा संगीत मणिराज काफ्लेको रहेको छ।
‘गैरी खेत’ नामक लोक दोहोरी गीतमा उमेश, सुरेश,शैलेन्द्र, रोहित, महेश, मनी, दिपक, दीपा, अनिशा, रेनु, रश्मी, सुश्मा खड्काको नृत्य तथा अभिनय देख्न पाइन्छ । यस गीतमा समाजका वास्तविक घटनालाई मनोरनजनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
नृत्य निर्देशक उमेश कुमार के.सीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई प्रबेश पोख्रेलले छायांकन र सुरेश श्रेष्ठले सम्पादन गरेका छन् ।गितमा सह-निर्देशन भने बिनोद के.सीले गरेका छन ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/yln4Bl6uuwk