Logo

अब भिख माग्नेलाई एक हजार जरिवाना र एक महिना जेल : साधु सन्तलाई भने भिक्षा माग्न छुट



Spread the love

अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा प्रशस्तै देखिन्छन ।

फाइल तस्बिर

फरक फरक ढंगले भिक मग्दै गरेका हुन्छन्न माग्नेहरु । कोही गीत गाउदै त कोही बाजा बजाउदैमागिरहेका हुन्छन् भने कोही अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका पाइन्छन्न कतिपय अवस्थामा बालबालिकालाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि भेटिन्छ । त्यतिमात्र होइन, लामो रुटको सार्वजनिक बसमा चढ्नुभयो भने सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन् ।

मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ त्यसकारण आउँदो भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएका छन् । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ ।

ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।’ त्यसैले  साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्