Logo

टी२० अन्तर्राष्ट्रिय प्रतियोगिमा बंगलादेशले २–१ ले सिरिज जित्यो



Spread the love

बंगलादेशले तीन म्याचको टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ ।

 

यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको छ ।

अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा पहिले ब्याटिङ गर्दै बंगलादेशले पाँच विकेटको क्षतिमा १८४ रनको विशाल स्कोर बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुआत राम्रो गर्न सकेन । वेस्ट इन्डिजका लागि २१ बलमा धुँवाधार व्याटिङ गरेका आन्द्रे रसेलले ४७ रन बनाए पनि वेस्ट इन्डिज हार बाट जोगिन सकेन ।

वेस्ट इन्डिजले १७.१ ओभरमा १३५ रन बनाएपछि मुसलधारे वर्षा भएको थियो । –एएफपी

प्रतिक्रिया दिनुहोस्