Logo

२ अपहरणकारी प्रहरी इन्काउण्टरमा मारिए,अपहरित खड्काको हत्या



Spread the love

ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको छ ।

 

अपहरणकारीले खड्काको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा भक्तपुरको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको हो । इन्काउण्टरमा मारिएका अपहरणकारीको नाम खुलेको छैन । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको  महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्