२०६१ जेठ २४ गते माओबादि अपहरणपछि हत्या गरिएका गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारि का दाई नुरुप्रसाद अधिकारि ४ बर्ष पछि प्रहरीले सम्पर्कमा लिएको छ ।
बिगत ४ बर्ष देखि सम्पर्कबिहीन रहेका नुरुप्रसादलाई आम गंगा मायाको अपिल तथा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको सक्रियतामा खोज अनुशन्धान गरि आइतबार सानेपाको सानो कोठाबाट प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
नरुप्रसाद अहिले महानगरीय प्रहरी अपराध महाशाखामा रहेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
अधिकारि को खोजि गर्न मानव अधिकार आयोगले पनि बिशेष पहल गर्दै आएको थियो ।
बिर अस्पतालमा उपचाररत आमा गंगामाया संग भेटाउने कार्यकर्म रहेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
छोरा कृष्न प्रसादको हत्या गर्ने लाई कारबाहीको माग गर्दै ३३० दिन अनशन बसेका बुवा नन्द प्रसादको गत असोज ६ गते अनसनकै क्रममा मृत्यु भएको थियो र नन्दप्रसादको शव अझै पनि टिचिङ अस्पतालमै रहेको छ। त्यस्तै आमा गंगा माया ले पनि हालसालै अनशन तोडेकी छन् ।