त्रिभुवन विश्व बिद्यालयको विज्ञान तथा प्रबिधी सस्थांन अध्ययन अन्तर्गतको प्रथम बि.एस.सी.सी.एस.आई.टि बास्केटबल प्रतियोगिता यहि भदौ ७ गते बाट क्लासिक कलेज इन्टरनेशनल सिनामंगलमा सुरु हुने भएको छ । उक्त प्रतियोगिताको आयोजना भने न्यु समिट कलेजले गरेको हो ।

बास्केटबल प्रतियोगिता भदौ ७ गते देखि १२ गते सम्म संचालन हुने आयोजकले जानाकारी दिएको छ, साथै बास्केटबल प्रतियोगितामा देशभरिका बि.एस.सी.सी.एस.आई.टि अध्यनरत बिधार्थी खेलाडी मात्र सहभागी हुन पाउने ब्यबस्था रहेको आयोजकले बताएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन भने मर्सी एजुकेशन ले गरेको हो ।
त्यस्तै प्रतियोगितामा प्रथम पुरुस्कार नगद रु : ३०,००० मेडल र प्रमाणपत्र अनि द्वितिय पुरुस्कार रु : २०,००० मेडल र प्रमाणपत्र रहेको आयोजक समितिका संयोजक बिकास अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्