सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै एक दिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डस्थित भि आर ए मैदान आम्र्सटडममा नेदरल्याण्डसँग एकदिवसीय खेल खेल्दैछ ।

डिभिजन ५ बाट एक दिवसीय मान्यता पाउदा सम्म पनि भौतिक संरचना निर्माण कार्य सन्तोषजनक प्रगति हुन सकेको छैन । निर्माण सुरु गरेको १४ बर्स बितिसक्दानि पनि मूलपानीको खेल मैदान अजै पुर्ण रुपमा बन्न सकेको छैन
नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्नि ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो ।
“क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो,” उहाँ स्वीकार्नुहुन्छ ।
यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका विभिन्न आठ स्थानमा निर्माणाधिन क्रिकेट मैदानको कामले तीव्रता पाउने उहाँले बताउनुभयो । आगामी वर्ष नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसैवर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । (रासस) सहयोग मा दुर्गा खड्का -सल्लेरी खबर
प्रतिक्रिया दिनुहोस्