तिन करोड नेपालीको लागि ऐतिहासिक दिन बन्दै छ ।
अगस्त १ अर्थात् भोलि नेपाली क्रिकेट टोलीले क्रिकेट जगतमा पाएको यो अहिले सम्मकै सबैभन्दा ठुलो सफता हो । जुन सम्पूर्ण नेपालीको लागि खुसीको क्षण हो अगस्त १ अर्थातः भोलि स्थानीय समय अनुसार ११ बजे नेपाल नेदरल्याण्डस सँग ऐतिहासिक खेल खेल्दैछ २०१८ फेब्रुअरी १४ मा भएको क्यानडा संग को रोमाञ्चक खेलमा नेपाल १ विकेट ले विजयी हुँदै ४ वर्ष को लागि एकदिवसीय मान्यता प्रात्त गर्न सफल भएको थियो उक्त खेलमा नेपाली बलर करण के सी को योगदान र सन्दीप लामिछाने साथ नेपाली खेल प्रेमीको लागि अबिस्मरणिय छ १ विकेट को लागि करण र सन्दीप बिच बनेको ५१ रनको साझेदारी नेपाली खेल प्रेमीको मस्तिष्क मा सदाको लागि बसेको छ ।
जिम्वावे मा भएको विश्व कप छनोट खेल मा नेपाल छनोट हुन् नसके पनि ४ वर्ष को लागि एकदिवसीय मान्यता पाउन सफल भएको थियो।
राष्ट्रिय टिम का खेलाडी
पारस खड्का (कप्तान ) पारस खड्का नेपाली क्रिकेट टोली का मेरुदण्ड हुन् उनलाई धेरै खेल प्रेमी ले वान मन वान आर्मी भन्न रुचाउछन खड्का निकै भरपर्दा ब्याटस्मेन हुन् उनी नेदरल्याण्ड को लागि घातक बन सक्छन् त्यस्तै अहिलेको नेपाली टोली युवा तथा पाका खेलाडी ले भरिपूर्ण छ सन्दीप लामिछाने, दिपेन्द्र एरि ,रोहि पौडेल ,अनिल शाह ,आरिफ सेख ,ललित राज जस्ता युवा खेलाडी छन् भने शरद भेसावकर ,ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी सोमपाल कामी शक्ति गौचन जस्ता पाका खेलाडी रहेका छन् ।
विशेष गरी युवा खेलाडी सन्दीप लामिछाने ,रोहित पौडेल,दिपेन्द्र एरि सोम्पाल कामी ,अनिल शाह बाट नेपाली खेल प्रेमी ले रामो प्रदर्शन को अपेक्ष्या राखेका छन् ।
क्रिकेट को वर्तमान अवस्था
खेलाडीको मेहनत र नेपाली खेल प्रेमीको मायाले नेपाल को क्रिकेट फ़स्टाउदै छ तर मुलुक मा पटक पटक सरकार परिवर्तन भएता पनि कुनै पनि सरकारको खेल क्षेत्र मा ध्यान पुग्न सकेको छैन। बिड्म्बनात क्यान को आपसी विवाद का कारण क्यानलाई आई सी सी ले लिलंबन गरेको छ अहिले नेपालमाकुनै पनि अन्तरास्टिय खेल मैदान नहुदा मैदानको अभावमा खेलाडीहरु नियमित अभ्यास गर्न सकेका छैन । एकदिवसिय मान्यता पाउँदा अन्तरास्टिय स्तर को खेल मैदान बनाउने कुरा निकै चर्चा मा आएको थियो तर अहिले सो कुरा पनि ओझेलमा परेको छ ।
दुर्गा खड्का -सल्लेरी खबर