सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन हुन सकेन ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । तर, उनी विवादमा तानिएपछि प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र अन्य धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।
प्रतिक्रिया दिनुहोस्