भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले एमएलएसमा पहिलो हृयाट्रिक गरेका छन् ।
एएल ग्यालेक्सीले ओलान्डो सिटीलाई ४-३ गोल अन्तरले हराउँदा ज्लाटनले तीन गोल गरेका हुन् ।
४८ औं मिनेटमा पहिलो गोल गरेका जाल्टनले ६७ मिनेट मा द्रोसो गोल गरे तेस्तै ७१ औं मिनेटमा तेर्सो गोल गर्दै हृयाट्रिक पूरा गरेका हुन् ।। खेलमा अग्रता भने ओलान्डो सिटीले १९ औं मिनेटमा लिएको थियो ।
एलए ग्यालेक्सी लगातार ९ खेलमा अपराजित छ र ३५ अंकका साथ वेष्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्