आइतबार बिहान ९ः४० बजे विमान दूबई उड्न लागेको फ्लाई दुबईको एफजेड ७३७ कल साइनको विमानका चालकले मदिरा सेवन गरेको पाइएको छ ।
पाइलटले मदिरा सेवन गरेको कारणले उडान स्थगित गरिएको प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । यसैबीच विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७ः२० बजे दुबई उड्ने भएको छ ।
दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्