Logo

राप्ती पुलमा अजै ध्यान पुग्न सकेन : भएन मर्मतसम्भार



Spread the love

राप्ती नदी माथि बनेको पुलको मर्मत सम्भारको अभावमा कमजोर बन्दै बि.स २०५६ सालमा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्रे उप्किएर खाडल परेको छ । पुल निर्माणमा प्रयोग गरिएको फलामको सामग्रीमा हरु पनि जिर्ण बन्दै गएका छन् भने  नदी किनारमा क्रसर उद्योग खुलेपछि झनै बडी लोडका सवारीसाधन ओहोरदोहोर गर्दा पुलमा माथि प्रतक्ष्य असर पर्ने गरेको छ तेस्तै पुल नजिक हुने अवैध उत्खननले झनै यसको आयु घटाउने काम गरेको छ । पुल बनेदेखि एक पटक पनि मर्मतको कार्य गरिएको छैन ।
राप्ती पुलको चौडाइ जम्मा ४. २० मिटरको छ । पुलमा १८ मेट्रिकटन भन्दा बढी भारवहन भएको सवारीसाधन चलाउन पाइँदैन । सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री शर्माले राप्ती पुल मर्मतका लागि पुल महाशाखालाई पत्र काटेर अनुरोध गरेको बताउनुभयो तर अझै पुल मर्मत हुनसकेको छैन ।
लमही–कोइलाबास सडकमा पुल रहेकाले यो क्षेत्र हुलाकी सडक मातहतमा गएको छ । सडक डिभिजनबाट केही गर्न सकिँदैन । यो सडक हुलाकीमा छ । पुलको जिम्मा पुल महाशाखालाई हुने भएकाले मर्मतको लागि अनुरोध गरेको शर्माले भन्नुभयो ।

राप्ती पुलको तत्काल मर्मत गर्नुपर्ने गढवा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रविलाल आचार्यले माग गर्नुभएको छ । लोडको मापदण्ड छैन । एकपटक लप्किएर मर्मत गरेर बनाएको पुल हो । ओभरलोड गाडीहरू गुडाउँदा पुलको आयु घट्दै गएको छ, उहाँले भन्नुभयो । अहिले पुलबाट दोहोरो सवारीसाधनसँगै आवतजावत गर्न सक्दैनन् ।
पुल नजिक गरिएको नदीजन्य वस्तुको उत्खननले पुलको आयु घटाउने काम गरेको गढवा निवासी चुडामणि पौडेलले बताउनुभयो । पुलको छेउछाउमा ढुङ्गाजन्य वस्तु उत्खनन गरिएको छ । जसले गर्दा पुल कमजोर बन्दै गएको पौडेलले भन्नुभयो । पुलमा बनेको खाडल नपुर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको ।

प्रतिक्रिया दिनुहोस्