Logo

पहिरोले अवरुद्ध बनेको बुटवल–पाल्पा सडक एकतर्फी सन्चालनमा 



Spread the love

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खस्दा  राति ११ बजेदेखि अवरुद्ध भएको सडकमा डोजरले पहिरो हाटाएपाछी  बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

सबै पहिरो हाटाएर  सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

 

रातभर रोकिएका सवारी साधनहरु अहिले गन्तव्यतर्फ अघि बढेका छन् ।

यस  क्षेत्रमा हरेक  वर्षायाममा  पहिरोको कारण ठुलो जन धनको क्षेति भइरहेको छ भने यात्रुहरु ले पनि सास्ती खेप्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्