जोगीए दिल्लीमा १६ जना नेपाली युवती
छिमेकी रास्ट्र भारतको नयाँ दिल्लीबाट गएराति १६ जना नेपाली युवतीको उद्दार गरिएको छ ।
उनीहरुलाई नेपालबाट विभिन्न प्रलोभनमा पारेर भारतसम्म पुर्याइएको दिल्लीका सामाजिक अभियन्ता अमित मिश्रले जनाएका छन् ।
मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘आश्चर्यको कुरा छ, नेपाली युवतीलाई यहाँबाट कुवेत र इराक लान लागेको कुरा महिला आयोगले थाहा पायो । तर, ५ सय मिटरको दूरीमा रहेको प्रहरीले केही थाहा पाएन । नेपालबाट दिल्ली हुँदै कुवेत र इराकमा लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।
कुवेत र इराक लाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा उद्दार गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्