बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटना पछि घटना आक्रोशित बनेका स्थानीय बासीले टिपर माथि आगजनी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्