Logo

तरुण दलका जिल्ला सदस्य हतियार सहित पक्राउ



Spread the love

नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रीएको हो । 

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेको जानकारी दिए । पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा नवलपरासी राखिएको छ ।

पक्राउ परेका तरुण दलका जिल्ला सदस्य किशोर आचार्य माथि  हातहतियार खजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्