Logo

सत्याग्रहम बसे ८५ बर्षीय वृद्ध



Spread the love

राजधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए ।

डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे ।

दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् । 

तर पनि ७५ बर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामुहिक नागरिक सत्याग्रहमा सहभागी भएको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्