Logo

महाकाली तर्न तुइनैकै भर :ओली भाषाणमै सिमित



Spread the love

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशै भरिका तुइनलाई झोलुंगेपुलले विस्थापित गर्ने निर्णय गरेका थिए ।तर अहिले २ बर्ष बितिसक्दा नि दार्चुलाको तिग्रम र लालीमा गरी दुई वटाबाहेक अन्य ठाउँमा झोलुंगे पुल बन्ने सुरसार छैन ।
ओलीको घोषणा कागज मै मात्र सिमित हुँदा दार्चुला बासी चिन्तित बनेका छन् ।
तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमाथि ९ वटा पुल बनाउने भनिए पनि काम नहुँदा स्थानीय वासिन्दा तुइन र ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दु्हुँ र ब्यासका वासिन्दा सदरमुकाम खलंगा आउन पनि भारतीय भूमिबाट आउनुपर्छ । नेपाल भारत जोड्ने झोलुंगे पुलसमेत नहुँदा तुइनबाटै आवतजावत गर्नुपर्ने स्थानिए बासिले बताए । यसरी नदी तर्दा महाकालीमा खसेर हरेक बर्ष कयौ ले ज्यानसमेत गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्