पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको एक अध्ययनले देखाएको छ ।
विगत ३ महिना देखी वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार सङ्कलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासङ्घले जानकारी दिएको छ ।
पछिल्लो ३ महिनामा समाचार लेखेकै कारण ८ जनाले धम्कीको सामना गर्नुपरेको छ भने, ६ जनामाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनमा अवरोधका दुई वटा घटना भएका छन् भने, चार जना आक्रमणमा परेका छन् । पाँच जना पक्राउ परेका छन् ।
अघिल्लो वर्षको तुलनामा पछिल्लोसमय वैशाख जेठ असार महिनामा पत्रकारमाथि दुर्व्यवहार र धम्की लगायतका घटना केही बढेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्