Logo

समायोजन गरिएका कर्मचारी ३५ दिनभित्र कार्यालय जानैपर्ने, अटेरी गर्नेलाई कारबाही



Spread the love

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका लागि कर्मचारीहरूको दरबन्दी स्वीकृत भएपछि साउनको दोस्रो साताबाट कर्मचारी समायोजनको काम अघि बढाउने भएको छ ।

समायोजन गरिएका कर्मचारी ३५ दिन भित्र कार्यालय पुग्ने पर्ने, ३५ दिन भित्र नपुगेको अवस्थामा कारबाहीको प्रक्रिया अगाडी बढाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।

सरकारले एकैचोटी सङ्घ, प्रदेश र स्थानीय तहमा करिब ८६ हजार कर्मचारी समायोजन गर्दै छ ।
यही साउन १५ गते कर्मचारी समायोजनको सूचना प्रकाशन गर्ने मन्त्रालयले तयारी गरेको छ ।
यसरी सूचना प्रकाशन भएको ६ महिनाभित्र सम्पूर्ण कार्यालयमा कर्मचारी समायोजन गरिसक्ने सरकारको तयारी छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रमा ४५ हजार, प्रदेशमा २१ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारी रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्