काठमाडौं साउन ३, सल्लेरी खबर ।
नेक्स्ट जेनेरेसन ईभेन्ट क्लबले आयोजना गरेको प्रथम इन्डोर क्रिकेट प्रतियोगिता २०७५ को विजेता उज्यालो शिशु निकेतन एकेडेमीले जित हात परेको छ ।
गत असार ३१ बाट सुरु भएको प्रतियोगितामा १२ टिम सहभागी थिए । प्रतियोगितामा आज भएको फाईनल म्याचमा उज्यालो शिशु निकेतन एकेडेमीले १० ओभरमा ४ विकेटको क्षतिमा ९१ रन बनाएको थियो । यु.एस.एन.एको तर्फ बाट रबिन जोशि ले ४९ रन लिए भने दिपेन्द्र मैनाली ले २० रन लिदै सजिलो जित दिलाउन सफल भए ।
जवाफी ब्याटिङ्गमा उत्रिएको उज्यालो नेपाल क्रिकेट स्कुल ले ५।३ ओभरमै सबै विकेट गुमाई ३७ रन मात्र बनाउन सकेको थियो । एन.सि.एस को तर्फ बाट जितेन्द्र सिङ ठकुरि ले मात्र दोहोरो अन्क १९ रन लिन सफल भए ।
यसरी यु.एस.एन.ए ले ५४ रनले एन.सि.एस लाई हराउन सफल रह्यो । प्रतिगिताको मेन अफ दि फाईनल रबिन जोशि भए जसले ३२ बलमा ४९ रन लिएका थिए ।
त्यस्तै प्रतियोगिता भरिमै बेष्ट बलर यु.एस.एन.एका नवीन यादव भए भने बेष्ट ब्याट्सम्यान नरेश बुढायर भए । प्रतियोगिताको म्यान अफ दि सिरिज भने जितेन्द्र सिङ ठकुरी ले जिते । प्रतिगिता भरिमै ईमर्जिङ्ग प्लेयर नेक्सस एकेडेमिका मिलन ओझाले लान सफल रहे ।
प्रतियोगिता काठमाडौंको रातोपुलमा रहेको ईन्डोर क्रिकेट एरेना भेलोसिटी एरेनामा भएको थियो ।