Logo

पण्डित बाजेको लौरी साउन ४ गते देखि सिनेमाहलहरुमा



Spread the love

काठमाडौं साउन २ , सल्लेरी खबर । अधृत फिल्म्सको प्रस्तुती पण्डित बाजेको लौरी चलचित्र यहि साउन ४ गते देखि सिनेमाहलहरुमा आउने भएको छ । चलचित्रमा मुख्य भुमिका प्रविन खतिवडा, सन्ध्या के।सि। , मारिस्का पोख्रेल र बिजय बरालले गरेका छन ।

दिपक ओलिको चलचित्र पण्डित बाजेको लौरीमा कलाकारहरु प्रविन खतिवडा, भोलाराज सापकोटा, प्रमोद अग्रहरि, सन्ध्या के.सि. , मारिस्का पोख्रेल, बिजय बराल, अनुपमा भण्डारी, लोकेन्द्र लेखक, कुल्दिप अधिकारी, कमल गाउले, अर्जेश रेग्मी, आई।पि आचार्य र मिलन डि काप्रीले कास्ट गरेका छन ।

श्री कृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको उक्त चलचित्रमा गायक मिना निरौला र श्री कृष्ण बम मल्ल छन भने मिडिया कोअर्डिनेटर दिनेश सिटौला, ब्याक्ग्राउन्ड स्कोर सैलेश श्रेष्ठ , कोरियोग्राफर बिक्रम सावर छन ।
त्यस्तै सहायक निर्देशकमा सागर श्रेष्ठ र महेश आचार्य, मुख्य निर्देशकमा तारा न्यौपाने, सहायक प्रोडुसरमा किशोर खड्का र मुख्य प्रोडुसरमा थम्मन कुमार भण्डारी रहेका छन ।

चलचित्रको युट्युब मिडिया पार्टनरमा ओ.एस.आर डिजिटल मिडियाले जिम्मा लिएको छ ।

 

चलचित्र को ट्रेलर हेर्नुहोस ।

 

https://www.youtube.com/watch?v=tQm046IeGaA

प्रतिक्रिया दिनुहोस्