२१औं संस्करणसम्म आइपुग्दा सबै फिफा विश्वकप खेल जुन–जुलाईमा हुँदै आएका छन् तर सन् २०२२ मा कतारमा हुने भनेको फिफा विश्वकप जाडो महिनामा हुने भएको छ ।
नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ र अगस्ट देखि अप्रिलसम्म हुने गरेका लिगहरु सन् २०२२ मा परिमार्जन गर्नु पर्नेछ ।
‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।’
३२ टिम समावेश गरेर खेलाइने यो अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्