Logo

एसईई रिजल्ट केहि बेरमै आउँदै



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार (आज) प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले आज अपराह्न ४ बजे नतिजा सार्वजनिक हुने जानकारी दिए ।

परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए । यसअघि गत बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।

‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइसकेको छ, नियन्त्रक रेग्मीले सल्लेरी खबरसँग भने ‘आज रिजल्ट सार्वजनिक गर्नेछौं ।’

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै प्राविधिक धारतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमाआधारित हुनेछ ।  नतिजा नेपाल टेलिकम तथा विभिन्न अनलाईन माध्यमबाट हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्