Logo

अभिषेक तिवारीको अध्यक्षतामा लिभरपुल इन्टरनेशनल कलेजमा एल्मुनाई एसोसिएशन गठन



Spread the love

 

शिक्षा क्षेत्रमा एक अग्रणी स्थान ओगट्न सफल लिभरपुल इन्टरनेशनल कलेजका पूर्व विद्यार्थीहरुको भेलाले लिभरपुरल कलेज एल्मुनाई एसोसिएशन कमिटीको गठन गर्दै अध्यक्षमा अभिषेक तिवारीलाई चयन गरेको छ ।

नयाँ बानेश्वरमा भएको सो भेलाले तिवारीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा भुमिका पोख्रेल, सचिवमा बिपुल पौडेल, सहसचिवमा मुस्कान प्रसाई र कोषाध्यक्षमा निस्मा दुलाल रहेका छन् ।

तिवारीले अध्यक्षमा चयन भएपछी सबैलाई समेटेर अधि बढ्ने बताएका छन् । उनले विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका र बिदेशमा समेत रहेका बिद्यार्थीहरुलाई एउटै छाता मुनि ल्याई एकताबद्ध भएर सामाजिक सेवा र देश बिकासमा लाग्ने बताएका छन् ।

भेलाको सभापति कलेजका सहायक पिन्सिपल डा. भगवान सुवेदीले गरेका थिए भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक जयराम थापा रहेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि थापाले एल्मुनाईको आवश्यकता र त्यसको महत्वको वारेमा प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्